निर्वाचन आचारसंहिता भोलिदेखि फुकुवा

निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गते सोमबारदेखि लागू नरहने निर्णय गरेको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागू गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर