चिया तथा कफी बोर्डका तत्कालीन निर्देशक गौतमलाई तीन महिना कैदको सजाय

विशेष अदालतले राष्ट्रिय चिया तथा कफी बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमलाई तीन महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारूको संयुक्त इजलासले उनीसहित विरुद्ध लागेको अभियोग आंशिक रूपमा सही ठहर गर्दै सजाय सुनाएको हो ।

बोर्डको कृषि प्राविधिक र लेखापाल पदमा शैक्षिक योग्यता नपुगेका व्यक्तिहरूलाई नियुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी निर्देशक गौतमसहित दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध गत जेठ २६ गते मुद्दा दायर गरेको थियो ।

उनीहरूले न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाएर योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारामहरू ठीक छ भनी प्रमाणित गरेको अख्तियारको दाबी थियो ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको अभियोग लागेको थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०१९ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिबाना माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *