हुन्डाईले ‘बी (भी) द चेन्ज’ अन्तर्गत ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘बी (भी) द चेन्ज’ अभियानअन्तर्गत मंसिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई इभी हाइभोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ । यो अभियानले केओएनए र आईओएनआईक्यू लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीका प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकहरूलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ । यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारीप्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ । यो कार्यक्रम थापाथलीस्थित हुन्डाईको ईभी शोरूम अगाडि साताव्यापी रूपमा चल्नेछ ।

हुन्डाई नेपालले आफ्नो ‘बी (भी) द चेन्ज’ अभियानअन्तर्गत विद्युतीय सवारीप्रति चेतना जगाउने र दिगो भविष्यको जग तयार गर्ने उद्देश्यले विभिन्न सामाजिक, आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ । देशैभरि ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरूमसहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ । साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यूनतम समयमा सबैभन्दा सुलभ ब्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ ।

हुन्डाईले सन् २०१९ मा केओएनए इलेक्ट्रिक लन्च गरेर विद्युतीय सवारी साधनमा अलग पहिचान तयार गर्ने काम गर्‍याे । त्यसपछि पनि निरन्तर रूपमा राम्रो र भरपर्दो इलेक्ट्रिक कार ल्याइरहेको हुन्डाईको आईएनक्यू ५ यसपालिको वर्ल्ड कार अफ द इयर (डब्ल्यूसीओटीवाई) २०२२ जित्दै वर्षकै उत्कृष्ट कार बन्न पनि सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *