घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *