३६३ केजी गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा जिल्लाको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट मंसिर २६ गते सशस्त्र प्रहरीले करिब ३६३ किलोग्राम गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बीओपी ठोरीले मकवानपुरको हेटौंडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाेिर फरार भएका थिए ।

बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर