कार्यकाल सकिन ९ महिना बाँकी छँदै संघीय संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

कार्यकाल सकिन ९ महिना बाँकी रहँदै संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका घिमिरे पारिवारिक कारण देखाउँदै मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई राजीनामापत्र बुझाएका हुन् ।

उक्त पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *