कतार नेशनल डे : विश्वकपको सफल आयोजनाले बन्यो विशेष

मध्यपूर्व एसियाको सानो तर शक्तिशाली देश कतारले आगामी १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदै छ । आफ्नो संस्थापकको सम्झनामा यो देशले राष्ट्रिय दिवस मनाउँदै आएको हो ।

विगतका नेशनल डे भन्दा यसपटक कतारका लागि यो दिन निकै महत्वपूर्ण छ । अहिले कतारमा फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप सञ्चालन हुँदै छ । सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएको कतारले भव्यपूर्वक यो प्रतियोगिता आयोजना गरिरहेको छ ।

आगामी १८ डिसेम्बरमा नै यो प्रतियोगिताको फाइनल हुँदै छ । कतारका लागि यो विश्वकप सुखद हुन नसके पनि आयोजनाका हिसाबले भने यो देश सफल साबित भएको छ । त्यसैले पनि फुटबलको फाइनलसँगै नेशनल डे मनाउँदै गर्दा यो दिन कतारको लागि गर्वलायक बन्ने भएको हो ।

१८ डिसेम्बर १८७८ मा शेख जसिम बिन मोहम्मद बिन थानीले कतारको शासकको रुपमा आफ्नो पिताबाट जिम्मेवारी पाएका थिए । जसले कतारलाई समृद्ध देश बनाउने यात्राको सुरुवात गरेका थिए । कतार राज्यका पिता तथा संस्थापमक मानिने तिनै शेख जसिमको उदयको रुपमा कतारले राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

कतार पश्चिमी एसियामा अवस्थित एउटा देश हो, जुन अरबी प्रायद्वीपको उत्तरपूर्वी तटमा रहेको सातो कतार प्रायद्वीप ओगटेको छ । यसको एक मात्र भूमि सीमा दक्षिणमा छिमेकी साउदी अरेबियासँग छ । यसको बाँकी क्षेत्र पर्शियन खाडीले घेरिएको छ । बहराइनको खाडी, फारसी खाडीको प्रवेशद्वार, जसले कतारलाई नजिकैको बहराइनबाट अलग गर्दछ । यसको राजधानी दोहा हो ।

२०१७ को प्रारम्भतिर कतारको कुल जनसंख्या २ दशमलव ६ मिलियन थियो, जसम ३ लाख १३ हजार कतारी नागरिक र बाँकी प्रवासीहरु हुन् । कतारको आधिकारिक धर्म इस्लाम हो ।

आयको हिसाबले विश्वमा प्रतिव्यक्ति आयको दृष्टिले चौंथो छ भने प्रतिव्यक्ति जीएनआईमा छैटौं । युएई र साउदी अरबपछि कतारालाई संयुक्त राष्ट्र संघले उच्च मानव विकासयुक्त देशको रुपमा वर्गीकृत गरेको छ ।

कतार विश्व बैंकको उच्च आयवाला अर्थव्यवस्था हो, नजो विश्वको तेस्रो सबैभन्दा बढी प्राकृतिक ग्यास र तेल भन्डारले युक्त छ । कतार विश्वमा तरल प्राकृति ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ता हो ।

१८७६ मा मोहम्मद बिन थानीले अंग्रेजहरुको साथ एक सन्धिमा हसताक्ष्र गरेका थिए । त्यसपछि थानीको शासन सुरु भएको थियो ।

टर्किस शासनपछि कतार २० औं शताब्दीको सुरुवातमा १९७१ स्वतन्त्रता पाउन्जेलसम्म ब्रिटिशको संरक्षणमा थियो ।

२१ औं शताब्दीमा कतार आफ्नो सम्पदाका साथसाथै विश्वस्तरमा विस्तार गरिएको मिडिया समूहबका कारण पनि परिचित छ । कतारको अलजजिरा मिडिया नेटवर्कको माध्यमबाट अरब दुनियाँमा उसले महत्वपूर्ण शक्तिको रुपमा आफूलाई उभ्याएको छ ।

कतारको सशस्त्र बल कतारको सैन्य बल नै हो । यो देशमा ८ हजार ५०० सेना, १ हजार ८०० नौ सेना र १ हजार ५०० सय वायुसेना सहित ११ हजार ८०० पुरुष र एउटा सामान्य सैन्य बल छ ।

कतारको रक्षा खर्च सन् १९९३ मा मुलुकको जीडीपीको तुलनाम ४ दशमलव २ प्रतिशत थियो, सन् २०१० मा १ दशमलव ५ प्रतिशत थियो । कतारको विशेष बललाई फ्रान्स तथा अन्य पश्चिमी देशहरुले प्रशिक्षित गरेका छन् ।

कतार ओपेकको प्रारम्भिक सदस्य र खाडी सहयोग परिषद् (जीसीसी) को संस्थापक सदस्य हो । यो मुलुक अरब लिगको सदस्य पनि हो । कतारको क्षेत्रीय सम्बन्ध र विदेश नीतिहरु सन्तुलन र गठबन्धन निर्माण नै रहेको छ । स्वतन्त्र विदेश नीति अवलम्बन्ध गर्ने कतारले अन्तर्राष्ट्रिय स्तरमा राम्रो उपस्थिति जनाउँदै आएको छ ।

तेलको खोजी पहिले कतारको अर्थव्यवस्था माछा तथा मोतीको व्यापारमा केन्द्रित थियो । तेलको खोजी सन् १९४० मा कतारको दुखन फिल्डमा भएको थियो । यो खोजले समग्र राज्यको अर्थव्यवस्था नै बदल्दियो ।

अब यो देशको कानुनी नागरिकको जीवनस्तर उच्च छ । विना आयकर कतार अहिले विश्वसको सबैभन्दा कम करवाला देशमध्ये एक हो । यहाँ सन् २०१३ मा बेरोजगारी दर शून्य दशमलव १ प्रतिशत थियो । कतारमा कुनै पनि प्रकारको उद्यमको लागि कतारी नागरिकको ५१ प्रतिशत हिस्सा अनिवार्य गरिएको छ । कतार नेपालीहरुको रोजगारीको मुख्य गन्तव्य पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर