विशेषले सफाइ दिएका ७ मुद्दा लिएर सर्वोच्चमा अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ७ वटा मुद्दामा सफाइ दिने विशेष अदालत काठमाडौंको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ।

कसुर पुष्टि हुने पर्याप्त आधार हुँदाहुँदै विशेष अदालतमा दर्ता गरिएका ७ वटा मुद्दामा सफाइकाे फैसला भएपछि अख्तियार सर्वोच्च अदालत पुगेको हो।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस/रिसवतसम्बन्धी गरी ७ वटा मुद्दाहरूमा  मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *