लेबनानमा शान्ति सैनिक मारिए

दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसङ्घका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण प्राप्त भएको छैन ।

लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल)ले मृतक शान्ति सैनिकका आफन्त, परिवार र सहकर्मीहरूप्रति समवेदना प्रकट गरेका छ।

युनिफिलले लेबनानी सशस्त्र बलहरूसँग समन्वय गरेर घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जनाएको छ।

घटनापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकका लागि न्यूयोर्कमा रहेका आयरल्याण्डका रक्षामन्त्री साइमन कोभेनीले घटनाबारे छलफल गर्न बिहीबार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर