सिद्धार्थ बैंकले पायाे ‘दोस्रो उत्कृष्ट प्रबन्धित वाणिज्य बैंक’काे अवार्ड

सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो उत्कृष्ट प्रबन्धित वाणिज्य बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड्समा बैंकलाई उक्त अवार्ड प्राप्त भएको हो ।

उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेका थिए ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बैंकले जनाएको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित) २१५ वटा एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १ हजा् ८०० भन्दा बढी पित्रोएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्त्व दिँदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ सुविधाहरु सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *