सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामंगल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको शुक्रबार बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर