तारकेश्वरमा वृद्धाको हत्या, एक पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिकामा एक वृद्धाको हत्या भएको छ । सोही नगरपालिका–६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको भएको हो।

हत्या अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार पक्राउ गरेको छ।

सोही नगरपालिका–३ पारlवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा हत्यामा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काइ हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको खुल्न आएको छ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर