भारतले न्यायालयभित्रैबाट नेपालको राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको छ : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालयभित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहनसमेत आह्वान गरे ।

भक्तपुर नगरपालिकाको ७३औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरूले संघर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको दाबी गरे ।

रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दबाब दिए पनि मन्त्रीहरूले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उनको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबीसमेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरू निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *