रूपन्देहीमा चक्कु प्रहार गरेर भारतीय नागरिकको हत्या, ७ जना पक्राउ

रूपन्देहीमा एक जना भारतीय नागरिकको हत्या भएको छ। भारत घर भई बुटवल उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीय अजय सोनीको चक्कु प्रहार गरी हत्या भएको हो।

हत्या अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने २९ वर्षीय कृष्ण सिंजाली मगरलगायत शुक्रबार साँझ पक्राउ परेका हुन्। अन्य ६ जनाको परिचय खुल्न बाँकी छ।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई उनीहरूले चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। घाइते अजयकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर