संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभामा निर्वाचित सबै सांसदहरूलाई प्रधानमन्त्री देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि स्पष्ट पारे ।

मन्त्री कार्कीले चाँडै नै सत्तारूढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारूढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *