सशस्त्र प्रहरीको हल्चोकस्थित कार्यदलमा प्रेसरकुकर पडकिँदा तीनजना घाइते

सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित कार्यदलमा खाना पकाउनेक्रममा प्रेसरकुकर पडकिँदा एकजना नाबालकसहित तीनजना घाइते भएका छन् । सशस्त्र प्रहरीले घाइतेहरुलाई किर्तिपुर अस्पताल लगेपछि घटना भएको पाँच घण्टापछि अस्पतालले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

शनिवार साँझ कार्यदलको क्यान्टिनमा खाना पकाउनेक्रममा प्रेसरकुकर पडकिएको थियो । जलेर घाइते भएकाहरुलाई उपचारको लागि किर्तिपुर स्थित किर्तिपुर बर्न अस्पतालमा लगि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुमा सुर्खेत कञ्चनपुरी नगरपालिका ८ घर भई हाल सशस्त्र प्रहरी कार्यदल भीत्र बस्ने बर्ष ११ को आयुस बुढा छन् । उनको अनुहार र पेट जलेको र बोल्न सक्ने सामान्यमा रहेका छन् । उनी सोही कार्यदलमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक राजकुमार बुढाका छोरा हुन् ।

यस्तै प्युठान सरुमैरानि गाउपालिका ५ घर भई हाल सशस्त्र प्रहरी कार्यदलमा कार्यरत बर्ष १९ को सशस्त्र प्रहरी जवान हिरासिंह बराल घाइते भएका छन् । उनको शरीरको बिभिन्न भागमा जलेको र बोल्न सक्ने सामान्य अवस्था रहेको छ । सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ३ घर भई हाल सशस्त्र प्रहरी कार्यदलमा कार्यरत सशस्त्र प्रहरी जवान यमनाथ गिरि, अवस्था शरिरको बिभिन्न भागमा जलेको र बोल्न सक्ने सामान्य अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर