महानगरले निजी जग्गामा राखिएका सवारी साधन उठाएपछि अनामनगरमा तनाव

काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारी साधन उठाएपछि काठमाडौंको अनामनगर क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

आइतबार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारी साधन उठाएको हो ।

निजी जग्गा क्षेत्रभित्र राखेका दुईपाङ्ग्रे सवारी साधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाउँदै सवारी साधन चालकहरू विरोधमा उत्रिएका छन् । उनीहरूले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरूमाथि ज्यादती गरेको बताए ।

एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए । उनले अनामनगर क्षेत्रमा निजी जग्गामा सवारी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गरे ।

त्यस्तै अर्का एक सवारी साधन चालकले महानगरपालिकाको ज्यादती आम सर्वसाधारणहरूले कहिलेसम्म सहनुपर्ने हो भन्दै आक्रोश व्यक्त गरे । उनले महानगरले जे गरे पनि हुनेजस्तो गरी आफूहरूमाथि अन्याय गरेको बताए ।

सिंहदरबार पूर्वीगेटमा यतिबेला सर्वसाधारण, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच भनाभन छ । सर्वसाधारणहरूले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर