बढुवा भएका उपरथी र महासेनानीले पाए दर्ज्यानी चिह्न

नेपाली सेनामा हालै बढुवा भएका उपरथी र महासेनानीले दर्ज्यानी चिह्न लगाएका छन्।

अवकाश हुनुभन्दा एक महिना अगाडि बढुवा भएका प्राविधिक उपरथी डा. दीपकप्रसाद बाँस्तोला र अन्य दुई जना महासेनानीहरूले दर्ज्यानी चिह्न लगाएका हुन्।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

उनीहरूलाई मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले बढुवा गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर