एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भइसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मार्गप्रशस्त भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई निर्वाचित प्रमाणपत्र दिने कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने बाटो खुलेको बताएका हुन् ।

उनले आयोगले निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्र समेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया शुरु गर्न मार्गप्रशस्त भएको बताए ।

उनले एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भइसक्ने बताए । यसका निम्ति सांसदहरुले शपथग्रहण गर्नासाथ प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । निर्वाचनको मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उनले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गत निर्वाचनबाट सिकेका पाठहरुलाई प्रयोग गर्दै आगामी निर्वाचनलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गरे । उनले नवनिर्वाचित सांसदहरुको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर