कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका सुनारमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

सुनारमाथि दुईवटा गोली लागेको र उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ ।

गोली लागेका सुनार अवस्था सामान्य रहेको र उनलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनु भएका नायव उपरीक्षक जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर