राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर