यी हुन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले निलगिरि खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रिपरिषद्को बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरि खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए ।

उनले सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए । मन्त्री कार्कीले संरक्षण क्षेत्रभित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय भएको बताए ।

उनले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने बताए । उनले खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको बतए ।

उनले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय भएको बताए । त्यस्तै मन्त्री कार्कीले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर