कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति भर्सेज महामन्त्री 

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै नेताले मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधवार संसदीय दलको नेताचयनका लागि मतदान हुने तय भएको छ । सोमवारदेखि शुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारीपरेको छ ।

देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । । महामन्त्री थापाको प्रस्तावकमा भने डा शेखर कोईराला र समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।

संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *