रामचन्द्र, प्रकाशमान, निधि र शशांकको साथले देउवालाई संसदीय दलमा २ तिहाई बहुमत

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार हुने संसदीय दलको नेता चयनको निर्वाचनमा स्पष्ट दुई तिहाई बहुमतमा देखिएका छन् ।

एक बर्ष अघि भएको १४ औं महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिह र विमलेन्द्र निधिको साथ देउवाले पाएका छन् साथै वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ पनि देउवालाई छ ।

पौडेलले देउवालाई संसदीय दलको नेताको प्रस्ताव गरेपछि संसदीय दलको अंकगणितमा देउवा ७६ सांसद सहित दुई तिहाई बहुमतमा देखिएका हुन् । यता कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशांक कोइराला पनि देउवाका साथमा छन् । उनले मुलुक हाक्न आलाकाचा कुरा गरेर नहुने भन्दै अहिले देउवाको विकल्प नभएको बताउँदै देउवालाई समर्थन गरेका छन् ।

कांग्रेस भित्रका कतिपय शेखर कोइरालासँग निकट रहेका सांसदहरुले पनि देउवालाई मतदान गर्ने बचन दिएका छन् । गत चुनावमा पटक पटक आग्रह गरेर आफ्नो क्षेत्रमा बोलाउँदा पनि नआएको भन्दै सांसदहरु गगन थापासँग चिढिएका छन्।

नेपाली कांग्रेसका सभापति जो हुन्छ उहीनै संसदलीय दलको नेता हुने प्रचलन छ । एक पटक दलको नेता र सभापति फरक व्यक्ति हुदा पार्टी विभाजन समेत भएकाले त्यो खालको द्वन्द्व सृजना नगर्न पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने अधिकांश सांसदहरुको धारणा छ ।

यता सरकारमा सहभागि हुने मन्त्रीहरु पठाउने अधिकार पनि सभापतिलाई भएकाले सांसदहरु दलको चुनावमा दायाँबायाँ गर्ने पक्षमा छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर