यौन दुर्व्यवहारको आरोपमा माओवादी नेता निलम्बित

पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा उनलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको माओवादीले जनाएको छ ।

सो सम्बन्धमा सत्य–तथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’द्वारा जारी सर्कुलरमा उल्लेख छ ।

माओवादीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरी यही पुस मसान्तसम्म सबै प्रदेशको लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर