सरकारमा जाने पार्टीका नेतालाई घोषणापत्रले घच्घच्याउँछु : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पारेका छन् ।

बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताएका हुन् । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्ना कामहरू धेरै भएको बताए ।

उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।

उनले भने,‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरू गर्न बाँकी नै छन् । मलाई यिनै साथीभाइहरूले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो । मेरो काँधमा कतिवटा कामहरू गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरूले मलाई पर्खिरहेको बेला छ । अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो ।’

महामन्त्री शर्माले सरकारमा जाने सांसदहरूको संयोजनलगायतका कामहरू अघि बढाउने कुरामा आफू लाग्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर