रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिने बाटो खुला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको हो।

बुधबार बसेको संवैधानिक इजलाशले अन्तरिम आदेश नदिएको लामिछानेका वकिल सुनिल पोखरेलले जानकारी दिए। यससँगै लामिछानेलाई सांसदको रूपमा शपथ लिने बाटो खुलेको छ।

यस्तै अदालतले दुै पक्षलाई बहसका लागि पनि बोलाएको छ। त्यसको लागि मिति भने तोकिसकेको छैन।

रवि लामिछानेविरुद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन मंसिर २८ गते रिट दर्ता भएको थियो।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *