संसद् अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोहीअनुसार संसद् सचिवालयले एजेण्डाहरू अघि बढाउने बताए । उनले संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुने बताए । उनले बानेश्वरको आईसीसी हलमा सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले गराउने बताए ।

उनले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदहरूले पूर्वसूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए ।

प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसद्मा सहभागी राजनीतिक दलहरूले संसदीय गतिविधिहरू औपचारिक रूपमा अघि बढाउन सक्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *