नेपाल टी–२० क्रिकेट लिग : फ्रेन्चाइज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने

नेपाल टी–२० क्रिकेट लिगमा फ्रेन्चाइज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने भएका छन् ।

विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वेस्ट इण्डिजका ब्याट्सम्यान आन्द्रे म्याकार्थीले विराटनगर सुपर किङ्सको कप्तानी गर्ने जनाएको हो ।

विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिमसमेत घोषणा भएको छ । विराटनगरले प्रतियोगिताका लागि जर्सीसमेत सार्वजनिक गरेको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यो लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

विराटनगरको टिममाः–
नेपाली खेलाडीमाः– रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल रहेका छन् ।
विदेशी खेलाडीमाः– सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *