माघ १८ देखि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गतेदेखि हुने भएको छ । दुई बैंकलाई नेपाल राष्ट्र बैंकले एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै कारोबारको मिति तय भएको हो ।

दुवै बैंकले वार्षिक साधारण सभा पुस २७ गते गर्ने जानकारी दिएका छन् ।

हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिनेगरी गत असार २९ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकले सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंकले चुक्ता पुँजीको १९.११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

हिमालयन बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ११.११ प्रतिशत नगद लाभांश दिन लागेको हो । सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *