शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । टेलिकमको सञ्चालक समितिले चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको छ । टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यस हिसाबले टेलिकमबाट सरकारले गत वर्षको नाफाबाट ६ अर्ब ६२ करोड रुपैयाँ लाभांश पाउने छ । सरकारले पुस २८ गते साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *