पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग आगामी संसद्मा छलफल हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग आगामी संसद्मा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन् ।

बिहीबार संघीय संसद् सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले यसअघिको संसद्मा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताए । उनले संसद्को लाइब्रेरीलाई संसद्को सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने बताए । उनले संसदको लाइब्रेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताए ।

महामन्त्री थापाले पहिलाको संसद्ले विचाराधीन राखेको पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *