भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसद्मा भूमिका खेल्छु : चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसद्मा भूमिका खेल्ने बताएका छन् ।

बिहीबार संघीय संसद् भवन परिसरमा शपथग्रहणपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसद्मा भूमिका खेल्ने बताएका हुन् ।

उनले नेपाली युवाहरू विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । सांंसद भण्डारीले विदेशमा रहेको युवाहरूलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताए ।

उनले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रूपमा सुधार गर्ने भूमिका खेल्ने पनि बताए ।

उनले स्वास्थ्य उपचारका लागि राज्यले सहजीकरण गराउनुपर्ने विषयमा संसद्मा आवाज उठाउने बताए । उनले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या नीतिगत रूपमा समाधानका लागि आवाज उठाउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *