भ्रष्टाचार मुद्दामा एसपी रामेश्वर यादव दोषी ठहर

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । हाल सिन्धुपाल्चोकका प्रहरी प्रमुख रहेका यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

गत सोमबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै यादवलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उनलाई विशेष अदालतले सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि उनको बढुवा भएको थियो ।

सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढकबहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो । उनीहरुको सजाय निर्धारण हुन भने बाँकी छ ।

यादव राष्ट्रिय अनुसन्धान विभागबाट विना प्रतिस्पर्धा २५ पुस २०५८ मा मन्त्रिपरिषदको निर्णयबाट प्रहरीमा छिरेका थिए । उनी कर्णाली ट्राफिकको प्रहर प्रमुख हुँदा पनि आफू मातहतका प्रहरी कार्यालयबाट अवैध रकम असुलेको आरोपमा निलम्बनमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *