वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।

नेकपा एकीकृत समाजवादीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डेले बिहीबार शपथ लिएका थिए।

मंसिर ४ को चुनावबाट उनी प्रतिनिधि सभा सदस्य भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने माग भइरहेको थियो।

उनी २०७४ को चुनावमा प्रदेश सभा सदस्य भएका थिए। पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामापत्र बुझाएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले मुख्यमन्त्री पाण्डेले राजीनामा दिएको जानकारी दिए।

पाण्डे २०७८ कात्तिक ११ गते वाग्मतीको मुख्यमन्त्री बनेका थिए।

प्रतिनिधि सभा सदस्य बनेपछि उनी नेकपा एकीकृत समाजवादीको संसदीय दलको उपनेतासमेत चयन भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *