दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्न सरकारी वकिलहरूलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा शुरु भएको सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको फौजदारी शासन कायम गर्न मुलुकको विद्यमान कानूनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यक्ता रहेको बताए । प्रधानमन्त्री देउवाले महान्याधीवक्ता कार्यालयको क्रियाशीलता, कार्यकुशलता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र व्यवसायीकताले मुलुकमा कानूनी राज्यको अवधारणालाई व्यवहारमा रुपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आवश्यक रहेको पनि बताए ।

उनले कानूनबमोजिम आफूले सम्पादन गर्नुपर्ने कुनैपनि कार्यहरु कुनैपनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यवसायिक रुपमा सम्पादन गर्न सरकारी वकिलहरुलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले अपराधसंहीता लगायतका नयाँ फौजदारी कानूनको प्रभवाकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्तिता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । उनले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारबिरुद्ध परेका कानून विवादको प्रतिरक्षा गर्दै व्यवसायिक दायित्व निभाउन सरकारी वकिलहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले सरकारी वकिलहरु व्यवसायिक र क्षमतावान हुन जरुरी रहेको पनि बताए । उनले सरकारी वकिलको सेवा तथा शर्त सम्बन्धी कानून निर्माणका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *