न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरी : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन् ।

शुक्रवार महान्यायाधिवक्ताको कार्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरेर अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग हुन जरुरी रहेको बताए । उनले नयाँ किसिमको अनुसन्धान र अभियोजनका लागि संस्थाहरुलाई श्रोत, साधनयुक्त गराउन जरुरी रहेको पनि बताए ।

उनले महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा संवैधानिक र कानूनी जिम्मेवारी बहन गर्नसक्ने व्यवसायिक र विशिष्टिकृत बनाउन निर्देशन दिए ।
नुभयो ।

गृहमन्त्री खाणले आगामी दिनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको बीचमा सुमधुर सम्बन्ध रहनुपर्ने बताए । उनले बार र बेन्च तथा स्वतन्त्र कानून व्यवसायी र सरकारी वकिलहरुको बीचमा पनि सद्भावपूर्ण वातावरण बनाउन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर