दायित्वबाट पन्छिन नमिल्दा राजीनामा नदिएको हुँ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजीनामा नदिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन हारेपछि आफूले राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेटे पनि प्रधानमन्त्रीले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै राजीनामा नदिन आग्रह गरेकाले आफूले राजीनामा नदिएको स्पष्ट पारे ।

उनले अहिलेको सरकार चुनावी सरकार भएकाले नैतिकवान बनेर नै अर्को सरकारलाई सत्ता हस्तान्तरणपछि बिदा हुने बताए । उनले नैतिक विषय उठाएर राजीनामा दिँदा सरकारमा आउने चापको महत्त्वलाई हेरेर आफ्नो दायित्व पूरा गरेको बताए ।

मन्त्री श्रेष्ठले चुनावी सरकारले नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नै आफ्नो दायित्व पूरा हुने कुरा संविधानले परिकल्पना गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *