अनुसन्धान र अभियोजनकर्ताबीच समन्वय हुन जरुरी : कामु प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन, न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्यबिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले यस्तो बताएका हुन् ।

उनले फैजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको सक्षता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताए । उनले नेपालको फैजदारी कानूनी राज्य बनाउन फैजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको कुशल क्षमता, व्यवसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशीलता प्राप्त गर्नसक्ने बताए।

उनले संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदै आएको बताए । का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमशः विस्तार हुँदै गएको भन्दै धेरै नवीनतम विधिशास्त्रीय मान्यताहरु विकसित हुँदै गएको बताए । उनले फैजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको बताए ।

उनले अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा ध्यान दिन जरुरी रहेको बताए । उनले पीडितमैत्री एवं क्षतिपूर्तिसहितको न्यायलगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएको बताए । उनले यसले अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको दृष्टिकोण र क्षमता राख्नुपर्ने बताए ।

का.मु. प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताए । उनले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताए । उनले फैजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेको बताए । कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताए ।

उनले अनुसन्धान र अभियोजनकर्ताबीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताए । उनले अनुसन्धान र अभियोजनकर्ताबीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फैजदारी कानूनको जग बलियो हुने दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *