युवाहरू निन्दक होइन, आलोचक बन्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरूले समस्याको गुनासो गर्ने नभईकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताए ।

उनले युवाहरू थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताए । उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए ।

महामन्त्री थापाले निन्दक बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताए । उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरुको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर