अनधिकृत बस्ती हटाउने महानगरपालिकाको कदममा नेवा समुदायको समर्थन

काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् ।

शनिवार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका बिरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंका स्ववासीहरुको समर्थन रहेको बताए । उनीहरुले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनधिकृत बस्ती हटाउने कुरामा स्ववासीहरुको पूर्ण समर्थन रहेको बताए ।

कार्यक्रममा बोल्दै नेवाः जातिय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिकाका धेरै ठाउँमा सुकुम्वासी र स्वावासीहरु अनधिकृत रुपमा बसोवास गरिरहेकाले सबैलाई काठमाडौंको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थालाई हेरेर केही मानिसको व्यवस्थापन गर्न लागेको खण्डमा भविष्यमा अतिक्रमण गरेर आउनेलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताए ।

उनले सुकुम्वासीको नाममा जग्गा लिने र १० वर्षपछि बेचेर फेरि सुकुम्वासी हुँ भन्दै हिँड्ने उदाहरण देखिसकेको भन्दै अनधिकृत रुपमा बस्ने मानिसहरुलाई उनीहरुकै थातथलोमा व्यवस्थापन हुनुपर्ने बताए । उनले महानगरले चालेको कदम सही भएको भन्दै नैतिक रुपमा समर्थन गरेको बताए ।

काठमाडौंका स्ववासीहरुले अनधिकृत बस्तीमा बसोवास गर्ने मानिसहरुलाई राज्यले थातथलो रहेकै जिल्लामा व्यवस्था गरिदिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *