बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक

नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका शीर्ष नेताहरू सहभागी छन् ।

राष्ट्रपतिले आइतबार अपराह्न ५ बजेसम्म नयाँ सरकार गठनका प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि यस विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दल कसरतमा छन् । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन् ।

सहमति जुटाउनका लागि शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । यी दुई नेतासँगको भेटमा पौडेलले गठबन्धन जोगाएर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर