नेपाली हजार दरका ३४० थान नक्कली नोटसहित बारामा ३ जना पक्राउ

बारामा नक्कली नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् । आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नेपाली १ हजार दरका नक्कली नोट ३४० थानसहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *