सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धनभित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए ।

उनले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गरे ।

मन्त्री कार्कीले जनताको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तीव्र गतिले अघि बढाएर लैजाने बताए ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार साँझ ५ बजेसम्मको समय दिएकी छन् । जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तीव्र बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर