सशस्त्र प्रहरीद्धारा बाराबाट २ किलो युरेनियमसहित ३ जना पक्राउ

सशस्त्र प्रहरी बल, नेपाल १२ नम्बर गण मुख्यालय बाराले २ किलो युरेनियम सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको छ । गणको टोलीले उनीहरुलाई शनिबार अपरान्ह नियन्त्रणमा लिएको हो । बरामद युरेनियम परिक्षण गरेपछि ठहर भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सुचनाको आधारमा गणको बारा मातहत सुरक्षा वेश जितपुरबाट खटिएको टोलीले उक्ता युरेनियम बरामद गरेको हो ।

 

सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई बाराको जितपुर स्थित आदित्य होटलको कोठा नम्बर ४ बाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुम बाराकै रबि चौधरी, सागर चौधरी र रौतहटका बृज सहनी रहेका छन् ।

सशस्त्रले बरामद युरेनियमसहित पक्राउहरुलाई बारा प्रहरीको जिम्मा लगाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *