कालीमाटीकी एक बालिका तीन दिनदेखि बेपत्ता

काठमाडौंमा एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। कालीमाटी–१३ की ११ वर्षीया समृद्धि मानन्धर गत शुक्रबारदेखि हराएकी हुन्। परिवारले उनको खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्।

उनकी आफन्त विद्या श्रेष्ठले सीसीटीभी फुटेजमा देखिएअनुसार शुक्रबार साँझ ५ः२५ बजे उनी घरबाट निस्केको देखिएको बताइन्। त्यसयता उनी बेपत्ता छिन् । ६ कक्षामा पढ्दै गरेकी समृद्धि बिरामी परेका कारण ४ दिनदेखि स्कुल नगई घरै बसिरहेकी थिइन्।

श्रेष्ठका अनुसार लोकेसन ट्र्याक गर्दा उनी अन्तिमपटक गणबहाल, झोछेँ क्षेत्रमा रहेको देखिएको थियो। अन्दाजी ५ फिट ४ इन्च उचाइ भएकी समृद्धिको खोजीमा सहयोगका लागि परिवारले अपिल गरेका छन्।

उनलाई भेट्ने व्यक्तिलाई नजिकैको प्रहरी चौकी वा निम्न नम्बरमा सम्पर्क गर्न परिवारको अपिल छ :

आमा कृष्णाकुमारी सिंह, बुबा सुनील मानन्धर – ९८५११०७५४५
विद्या श्रेष्ठ – ९८४१३१६७८९
सुमन सायमी – ९८५१०६३०००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *