शीतल निवास जाँदै प्रचण्ड र ओली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने समर्थनको दाबी लिएर प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरू राष्ट्रपति निवास शीतल निवासतर्फ जाँदैछन् । ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हाे।

प्रचण्डको समर्थनमा १६६ सांसद रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । वर्तमान सत्ता गठबन्धन भत्काएर प्रचण्ड अर्को गठबन्धन सरकारको नेतृत्वमा पुग्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर