प्रधानमन्त्रीमा प्रचण्डको दाबी राष्ट्रपति निवासमा दर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री दाबेदारी राष्ट्रपति निवास शीतल निवासमा दर्ता भएको छ।

राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले १६६ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको बताए।

प्रचण्डको नेतृत्वमा सरकार बनाउन ७ दलले समर्थनसहित प्रस्ताव पेस गरेका हुन् ।

नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डको प्रधानमन्त्रीमा दाबेदारी पेस गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयसीमा आज (आइतबार) अपराह्न ५ बजे सकिँदैछ। समयसीमा सकिनुअगावै सहमति गरेर ७ दलले प्रस्ताव पेस गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर