एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ ।

एमाले नवनिर्वाचित प्रदेश सभा सदस्यको आज प्रदेश सभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित भएका हुन् । नेता कार्की झापा क्षेत्र नं ५(क)बाट दोस्रो पटक निर्वाचित भएका हुन् । नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर