एमाले गण्डकी संसदीय दलको नेतामा खगराज अधिकारी

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

कास्की प्रदेश सभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

साठी सदस्यीय गण्डकी प्रदेश सभामा एमालेबाट २२ सांसद निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनसँगै अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर